टप फिचर

एमालेबाट विभाजन भएर गएको माधव नेपालको पार्टी आफैं सकिन्छ : ईश्वर पोखरेल

By Thaha - Online

September 18, 2021

काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेबाट विभाजन भएर गएको माधव नेपालको पार्टी आफैं सकिने दावी गरेका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले नेपाल नेतृत्वको पार्टी आफैं समाप्त हुने बताएका हुन्।

उनले नेकपा एमाले आगामी निर्वाचनपछि पहिलो पार्टी बन्ने दाबी गरे। उनले एमालेविरुद्ध बनेको सत्तारुढ गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने दाबी गरे।

‘गठनबन्धनकारीहरूले संविधान र नियमलाई उलंघन गरेर राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतालाई समेत अवरोध गर्न थालेको छ। महासचिव पोखरेलले भने, ‘गठबन्धनविरुद्ध नेकपा एमालेले गोलबद्ध भएर विरोध गर्नुपर्छ।’