तुलसीपुरवाट विप्लवका कार्यकर्ता पक्राउ



सैघाली खबर,
तुलसीपुर ८ फागुन ।दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर १९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकास गिरी र तुलसीपुर ५ निवासी प्रेम परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।

परियारले, वन्दको अवज्ञा गरेको भन्दै बस पार्कमा मोटरसाइकल पल्टाइदिएको र चौंधरी तथा गिरीले ग्वारखोलामा सवारीचलाक माथि हातपात गरेको आरोप लगेको छ । पक्राउ परेका तिनै जनालाई माथिको आदेश अनुसार कार्वाही प्रकृया अघि बढाइेन प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्