‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई



काठमाडौँ । हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् ।  शनिवार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरूमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा रहेका थिए । अग्रवाल र थापालाई पछि पार्दै ताप्लेजुङका पौडेल कमेडी च्याम्पियन बनेका हुन् ।

उपाधि जितेका भरतमणि पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतिबाट निकै तारिफ पाएका थिए । 

भरतमणि ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बन सफल भएका थिए । विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए। सन्तोष तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्। कमेडी शो’को निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् ।  ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्