अस्पतालमा उपचार गरेको पैसा तिर्न नसक्दा अस्पतालले बन्धक राख्यो कैलालीका विक्रमलाई ….



कैलाली  । कैलालीका विक्रम बि क क्यान्सर रोगबाट ग्रसित भएर नेपाल उपचार सम्भव नभएपछि  उपचारका क्रममा भारत गए । उनको खुट्टामा सामान्य चोटपटक बाट खुट्टामा क्यान्सर  भएपछि खुट्टा काट्नुपर्ने  अस्पताल  बत्तायो ।

लम्की चुहा नगरपालिका ६ चैनपुर घर भएका बि.क अति विपन्न गरिब परिवार हुर्केका उनी उनको परिवार एक मात्र सहारा थिए, आफै क्यान्सर रोग  भएर थला परेपछि निकै कष्टकर अवस्था अस्पतालमा बन्धक बसिरहेका छन्।

उपचार पश्चात् भारतको राईगड जिल्ला को अालिबाग स्थित डिआर सरोज तमाबोली मेमोरिअल हस्पिटल (Dr Saroj Tamaboli memorial Hospital  ) आफूसँग भएभरको पैसा दिइसकेपछि बाकी अस्पतालमा दिन तिन लाख पचास हजार (भारु)बराबर बिल दिन बाकी रहेको भन्दै अस्पताल प्रशासनले बन्धक बनाइराखेको परिवार स्रोत थाहा अनलाइन बताए।

उक्त  रुपैयाँ बराबर बिल दिएपछि अस्पतालबाट डिस्चार्ज गरिने अस्पताल प्रशासनले बत्ताएको परिवार स्रोत जानकारी दिएका छन्। बृद्धअबस्था रहेका बुवा आमा  , जेठा दाजु बोल्न नसक्ने , माइला दाजु प्यारालाइसिस भएर घरको वेडमा सुतिरहने अवस्थामा रहेका उनको घरको सहारा उनी मात्र थिए।

उपचार पछि क्यान्सर पीडित बि .क थाहा अनलाइन सँग कुरा गर्दै भने ” मेरा उपचार सम्भव भयो । म नेपाल जान चाहन्छु तर के गर्ने तीन लाख पचास हजार  (भारु) रुपैयाँ नतिर्दा सम्म अस्पताल जाने नदिने भन्यो । भन्दै रुँदै थिए । बा, आमा मलाइ सम्झिँदै बसेका हाेलान, म सँग भए जति सबै पैसा दिइसके उनले भने । अब कुनै विकल्प छैन। उनले कुरा गुहार गर्दै भने सबै नेपाली दाजु जति सकिन्छ आर्थिक सहयोग गरी मलाइ अस्पतालको बन्धन बाट छुटाइदिने अनुरोध गरे ।

क्यान्सर पीडित बिक ले आफूलाई  आर्थिक सहयोग  गर्नेका लागि  भारतको खाता न. २५३२०००१००२९७५५५  अथवा ७७७००२२०४६ मोबाइल नम्बरमा gogle pay. गरेर सहयोग गरिदिन बि.कले अनराेध गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्