हाँस्यकलाकार रमेश केसीको सुटिङमा सेटमै निधन



काठमाडौँ । हाँस्यकलाकार रमेश केसीको सुटिङमा सेटमै निधन भएको छ । उनको आज ( आइतबार) हृदयघातका कारण आज बिहान ९ बजे न्युजिक भिडीयो सुटिङ सेटमै निधन भएको हो । कलाकार केसीको ६९ वर्षमा निधन भएको हो ।

उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टि अगाडि उनको श’वलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घण्टा राखिने स्रोतले बताएको छ । 

उनले हर्के हवल्दार, तितो सत्य, एकादेशको चुरीफुरी, लगायतका सिरियलमा काम गरेका छन् । कलाकार केसीका २ छोरा, ३ छोरी र श्रीमती छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्