काेराेना सङ्क्रमणको उच्च जोखिममा विद्यार्थी



काठमाडौँ । कोरोना भाइरसको महामारीबिच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ ।

तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत श-या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।

कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् । ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो । हरिबहादुर मगर आफ्ना पाँच वर्षको बालकलाई विद्यालय पठाउन थालिसक्नुभएको छ । विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुप-यो, मगरले भन्नुभयो, “कोरोनाको सङ्ख्या दैनिक दुई÷तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठुलो डर छ ।”

सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । उहाँको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् । खोप नलगाएका कारण उहाँलाई ठुलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उहाँले हालसम्म खोप लगाउन पाउनुभएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्