टप फिचर

गाँजा प्रतिबन्ध खुलाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

By Thah Online

September 20, 2021

काठमाडौं । गाँजामाथिको प्रतिबन्ध खुलाउन माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन् । युवाहरुले सम्पूर्ण ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ भन्दै आज प्रदर्शन गरेका छन् । उनीहरुको हातमा ‘ग्रो द ईकोनोमी’, ‘रिलिज राजिव काफ्ले’ लेखिएको प्लेकार्ड थिए ।