थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जनाद्वारा स्वास्थ्यलाभ



काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार७८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ५२ हजार १७०पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ८ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्