Banner Second

बुटवलका मेयर सुवेदीमाथि हातपात गर्ने व्यक्ति एमालेकै कार्यकर्ता

By Thah Online

September 20, 2021

बुटवल । नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई हातपात गर्ने व्यक्ति एमालेकै कार्यकर्ता भएको खुलेको छ ।

सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएको छ ।  उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । 

उनले प्रहरीसमक्ष पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको बताएका छन् । पंगेनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।