दाङमा पनि हात्तिपाईले बिरुद्धको औषधी खुवाईने



सैघाली खबर
दाङ,९ फागुन

दाङमा पनि हात्तिपाईले रोगको बिरुद्ध औषधी खुवाईने भएको छ । राष्ट्रिय कार्यक्रम अन्तरगत फागुन १२, १३ र १४ गते दाङमा पनि हातिपाईले रोग बिरुद्धको औषधी खुवाउन लागिएको तुलसीपुर उपमहानगरपालिा स्वास्थ्य शाखाले जनाएको छ । नेपाललाई सन २०२० सम्ममा हात्तिपाईले रोग निबारण गर्न २४ वटा जिल्लामा हात्तिपाईले निबारण कार्यक्रम भईरहेको छ ।

सोही अनुसार दाङमा पनि बिगत ७ बर्ष देखि यो कार्यक्रम लागु भएको हो । निरन्तर ६ बर्ष सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउनु पर्ने भएपनि ६ बर्ष सम्म पनि दाङमा हात्तिपाईले रोग निबारण हुन नसकेपछि ७ औं पटक यो औषधी खुवाउन लागिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका बिष्णु गिरीले बताए ।

यसैबीच हात्तिपाईले रोग निबारण कार्यक्रमलाई प्रभाबकारी बनाउन तुलसीपुर उपमहानगरपालिका ५ र ६ का सरोकारवालासंग छलफल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष नबराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा उपप्रमुख बसन्त खनाले नागरिकमा जनचेतनाको कमी भएकाले पनि औषधी सेवन गर्नेहरुको संख्या उल्लेख्य नरहेको बताए ।

जसले गर्दा हात्तिपाईले रोग बिरुद्धको अभियानले सार्थकता पाउँन नसकेको उनले बताए । अहिले सम्म दाङमा ५६ प्रतिसत नागरिकले मात्रै हात्तिपाईले रोग बिरुद्धको औषधी सेवन गरेको पाईएको छ । कार्यक्रमको सहजीकरण बिष्णु गिरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्