इजरायल रोजगारीका परीक्षा : १८६ जनाको तौल र उचाइ कम 



काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा  रोजगारीका लागि भएको अङ्ग्रेजी भाषा परीक्षामा उत्तीर्णमध्ये १ सय ८६ जना कम तौल तथा कम उचाइका पाइएको बताएको छ । ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले रोजगारीका लागि आवेदन दिएकोमा ७ हजार ९ जनाले अङ्ग्रेजी भाषाको लिखित परीक्षा दिएका थिए । त्यसमध्ये २ हजार ३९ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । 

विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले  भाषा परीक्षा उत्तीर्ण तथा तौल र उचाइको मापदण्ड पूरा गर्नेहरूको शुक्रवारदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक सीप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा तोकिएको उचाइ र तौल सम्बन्धी मापदण्ड परीक्षण भएको हो । परीक्षणमा १ सय ८६ जना कम तौल तथा कम उचाइका पाइएका हुन् ।

इजरायलले लैजाने एक हजारमध्ये  विभागले १ हजार ४ सय जनालाई उत्तीर्णको सूचीमा राख्ने बताएको छ । सूचीमा पर्नेमध्ये ७० प्रतिशत अर्थात् ७ सय महिला र ३० प्रतिशत अर्थात् ३ सय पुरुष लैजाने छ ।

इजरायल रोजगारमा छानिएका कामदारहरूले ५ वर्षसम्म काम गर्न पाउनेछन् । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर झण्डै १ लाख ९० हजार नेपाली रुपैयाँ हुनेछ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । मध्यान्ह डेलीबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्