मन्त्रीमण्डल बिस्तार गर्ने तयारी, १८ मन्त्रालय रहने



सैघाली खबर
काठमाडौं, ९ फागुन

एमाले माओवादीको सहमति पछि प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न आज प्रधानन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

३ सदस्यीय मात्रै रहेको मन्त्रीमण्डल सम्भव भएसम्म आजै नभए भोलि बिस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । संविधान अनुसार मन्त्रीको सङख्या २५ भन्दा बढाउन पाईने छैन । प्रशासन सुधार सुझाव आयोगले भने १५ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाब सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

यदि आफु नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अनुसार मन्त्रीपरिषदले निर्णय गरे अब संघमा १५ वटा मात्रै मन्त्रालय हुने काशिराज दाहालले  जानकारी दिनुभयो । ओलीले १८ मन्त्रालय राख्ने तयारी गर्नु भएको छ । आज बस्ने मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या र नाम अनुमोदन गर्नेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्