बेलायत निवासी गायिका पारु राईको ‘यो माया होइन र’ सार्वजनिक ( भिडियो ) 



काठमाडौं–  माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरूलाई समेटेर तयार पारिएको  ‘यो माया होइन र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा बेलायत निवासी गायिका पारु राईको स्वर, शब्द रहेको छ।  युगल गायनमा रहेको यस गीतमा गायक मनोज थापा मगरको सङ्गीत र सङ्गीत संयोजन रहेको छ।  सम्पूर्ण रूपमा बेलायतका विभिन्न  रमणीय स्थलहरूमा छायाङ्कन गरिएको यस भिडियोमा  बिपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलीप राईको समेत अभिनय देख्न सकिन्छ।

पारु राई र सूर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई  कुशल श्रेष्ठको छायाङ्कन र निर्देशनमा तयार पारिएको हो।  गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्