काठमान्डुलाई केन्द्र विन्दू बनाएर परकम्पन



सैघाली खबर
काठमाडौं, ९ फागुन

काठमान्डुलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ ।गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो ।केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त परकम्पन २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्पन हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्