भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुबै पाइलटको निधन



नयाँ दिल्ली । भारतमा आज (मङ्गलवार) एक सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको निधन भएको छ । जम्मुको ऊधमपुर जिल्लामा मङ्गलवार बिहान भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा स्थानीयले जिउँदै उद्धार गरेका यी दुईको निधन भएको छ ।  दुर्घटनापछि दुवैलाई भग्नावशेषबाट बाहिर निकालेका थिए । तर अस्पतालमा लगिएपछि दुवैको ज्यान गएको हो । 

पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्