अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प



एजेन्सी । दक्षिण पूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएका छन्।

स्थानीय सयम बिहान ९ :१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ । उक्त स्थान भिक्टोरिया राज्यको राजधानी नजिकै छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद समाचार भएको बताएका छन्।

भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो । साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो । 

केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठुलोमध्येको भूकम्प हो । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पमा कोही पनि गम्भीर घाइते भएको जानकारी नभएको भन्दै त्यो खुसीको खबर भएको बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्