नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ



काठमाडौँ । नायिका प्रियङ्का कार्कीलाई पुत्री लाभ भएको छ । उनले छोरीसहितको तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

प्रियङ्काले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्बिरमा प्रियङ्का र आयुष्मान् देशराज जोशी खुसी देखिएका छन् ।

पहिलो चरणको लकडाउनपछि प्रियङ्का गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेका तस्बिरहरूले उनको चर्चा, आलोचना सबै भएको थियो । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नामाकरण गरेकी छिन् ।

नायिका प्रियङ्का र नायक आयुष्मान् देशराज जोशीले वि.सं २०७६ साल फागुन १६ गते विवाह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्