मन्त्रालय बाँडफाँट टुंग्याउन बालुवाटारमा ओली–दाहाल बैठक



सैघाली खबर,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। एमाले र माओवादीका केही मन्त्रीसहित उनले साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दियो।

मन्त्रालयको भागबन्डा गर्न अहिले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बैठक जारी छ।

‘दुई अध्यक्षहरु मन्त्रालय टुंग्याउन बैठक गरिरहनु भएको छ, मन्त्रालय बाँडफाँट मिलेपछि मन्त्रीको टुंगो लाग्छ,’ माओवादी प्रवक्ता पम्फा भुषालले भनिन्।

एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले नाम दिए आजै मन्त्रिमण्डल विस्तार हुने बताए।

‘उहाँहरुले नाम दिए आजै मन्त्रिमण्डल विस्तार हुन्छ, हामी मन्त्री टुंग्याउन छलफल गर्दैछौं,’ ज्ञवालीले भने।

प्रधानमन्त्री ओलीको सरकार अहिले तीन सदस्यीय छ। एमालेका लालबाबु पण्डित र थममाया थापा फागुन ३ गते मन्त्री नियुक्त भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्