भिरबाट खसेको ढुंगाले लागेर आमाछोरीसहित तीनको मृत्यु



रोल्पामा पैदल हिँडिरहेका आमा-छोरीलाई भिरबाट खसेको ढुङ्गाले लाग्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमाछोरीसहित एक पुरुष रहेका छन् ।
रोल्पा नगरपालिका–९ स्थित हाङ्वाङ भिरबाट खसेको ढुङ्गाले लागेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय सङ्गीता पुन र उनकी २ वर्षीय छोरी कृतिका पुन रहेका छन् । त्यस्तै रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको मृत्यु भएको छ ।

गाउँकै विवाह भोजको पार्टी खाएर घर फर्कने क्रममा उनी बाटोमै भिरबाट लड्दा थापाको मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिए । आमा-छोरीको शव मङ्गलवार बेलुका साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्