सैघाली खबर,
रुकुम, ९ फागुन । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । नगरपालिका–१ की ६० वर्षीया जयमती बोहाराको भिरबाट लडेर मृत्यु भएको हो ।
बाख्रा चराउन गाउँ नजिकैको स्थानीय सानाखाल्टे जंगलमा गएकी बोहरा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते बोहरालाई घर पु¥याएलगत्तै उहाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।