राजनिती

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

By Thah Online

September 22, 2021

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने छ । यसअघि मङ्गलवार बसेको गठबन्धन दलको बैठकले आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गहन छलफल हुने बताइएको छ। हिजो बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो। उनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।