चीनमा बालबालिकाले एक दिनमा ४० मिनेट भन्दा बढी टिकटक चलाउन नपाइने



काठमाडौँ । चीनमा बालबालिकामा  दिनमा ४० मिनेट मात्रै चलाउन पाइने पाइने भएका छन् ।  विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’ को नामबाट उपलब्ध छ । चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्तामा कम उमेरका किशोर–किशोरी सबैभन्दा बढी छन् । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् ।

बालबालिका निकै झुम्मिन थालेपछि चिनियाँ टिकटकको मातृ कम्पनी बाइटडान्सले ब्लगपोस्मार्फत उनीहरूले अब बिहान ६ बजेदेखि राति १० बजेभित्र केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउने घोषणा गरेको हो । आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका बालबालिकाका लागि यो नियम लागू हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

बालबालिकालाई डिजिटल लतबाट जोगाउन यस्तो सीमा तोक्ने आफू नै पहिलो प्लाटफर्म भएको दाबी पनि कम्पनीले गरेको छ । यसका साथै कम्पनीले त्यस्ता बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने भएको छ ।

जति कम उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न पाउँछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्न अभिभावकको स्वीकृति लिनुपर्छ । टिकटकमा खाता खोल्न भने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ । चीन सरकारले किशोरकिशोरीलाई प्रविधि प्रयोगमा नियन्त्रण गर्ने कदम चालेपछि डुइनले पनि प्रयोगको समय सीमा निर्धारण गरेको हो ।

पछिलो समय विश्वभरी लोकप्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्