सञ्चारकर्मी रुपा सुनारमाथि छुवाछुत गर्ने घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटीमा छाड्न आदेश



काठमाडौँ । सञ्चारकर्मी तथा पत्रकार रुपा सुनासुनारलाई कोठा भाडामा नदिएर जातीय विभेद तथा छुवाछूत गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौँले १ लाख १५ हजार रुपैयाँ धरौटी तिर्न माग गरेको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायण प्रसाद सुवेदीको एकल इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनी विरुद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले सुरुमा जाहेरी लिन समेत अस्वीकार गरेको थियो ।

अधिकारकर्मीको दबाबपछि जाहेरी लिएको प्रहरीले प्रधानलाई जाहेरी परेको तीन दिनपछि पक्राउ गरेको थियो । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् ।

त्यसपछि पक्राउ परेकी प्रधानमाथि अनुसन्धान नसक्दै प्रहरीले रिहा गरेको थियो । उनलाई रिहा गराउन तत्कालि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै आलोचना भएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्