श्रमिकलाई कोरिया पठाउने तयारी



काठमाडौँ । सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो ।

मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बिमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटेल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले बेहोर्नु पर्नेछ । दक्षिण कोरिया जाने कामदारको बिमा गर्न विभागले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनी छनोट गरेको छ । यी कम्पनीले कोरिया जाने श्रमिकको पाँच हजार अमेरिकी डलरसम्मको कोरोना बिमा गर्नुपर्नेछ ।

कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको छ । कोरिया सरकारले राखेको मापदण्डअनुसार कोरोना बिमा र सीधा उडानको सम्झौतापछि नेपाली श्रमिक कोरिया पठाउने प्रक्रिया सुरु हुने ईपीएस शाखाले जनाएको छ ।

ईपीएस शाखाका निर्देशक सुरेश राहुलले सीधा उडानका लागि केही समयअघि नै बोलपत्र आह्वान गरेको र परेका बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको जानकारी दिए। अक्टोबरमा सीधा उडानको सम्झौतापछि नियमित उडान हुने र एचआरडीले अन्तिम छनोट गरेर पठाएका श्रमिक पठाउन सुरु गरिने छ   ।आजको गोरखापत्र दैनिकबाट  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्