प्रदेश-२ बेटी लाई समान अधिकार सुनिश्चित गरौँ – अर्थ मन्त्री साह 



जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका वडा न. ९ पशुपतिनगर मा आयोजित साइकल वितरण कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह छन् ।

“छोरी शिक्षित भएर घर नै शिक्षित हुने” अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् । महोत्तरीको बर्दिबास नगरपालिका वडा न.९ मा बुधवार कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

बर्दिबास नगरपालिकाका सभापति राम जतन महतोको अध्यक्षताको आयोजित साइकल कार्यक्रममा मन्त्री साहले भने– “छोरी नभए संसार चल्न सक्दैन, छोरी जगत जननी हुन, छोरी बिनाको जीवन कल्पना पनि गर्न सकिँदैन ।” समाजका छोरा–छोरीबिचको भेदभावका कारण छोरी शिक्षित क्षेत्र देखि अन्य अन्य क्षेत्रमा पछाडि परि रहेको प्रति दुःख व्यक्त गर्दै मन्त्री साहले अगामी दिनमा यसमा सुधार हुने विश्वास समेत व्यक्त गरे ।

छोरी पछाडि पर्नुको मुख्य कारण आमा नै रहेको तथ्यलाई उजागर गर्दै मन्त्री साहले छोरालाई निजी विद्यालय, छोरीलाई सामुदायिक विद्यालय, छोरालाई भात, दाल, तरकारी र छोरीलाई बासी भात समेत दिएर यस्तो चरित्र त्याग्न सबैलाई आग्रह समेत गरे ।

साइकल लोहाको भए पनि यसमा लहु जस्तो भावना जुटेको भन्दै साइकललाई सामान्य रूपमा नलिन उनले आग्रह गर्दै दूर दराजका छात्राहरूलाई विद्यालयसम्म पुग्न सहयोग हुने विश्वास समेत उनले बताए । कार्यक्रममा आधारभूत विद्यालयका ३६ जना छात्रालाई साइकल प्रदान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री सरोज सिंह कुशवाहा,बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की, लक्ष्मी महतो , कृष्ण साह, वाई सी एलका प्रदेश २ का इन्चार्ज शङ्कर महतो सहितका वक्ताहरूले आ–आफ्ना विचार राखेका थिए ।

छात्राहरूलाई विद्यालय सम्म पुग्न भएका व्यक्तिहरूलाई आफ्नो दैनिक कामकाज सहजता पुगोस् मुख्य उद्देश्यका साथ साइकल वितरण गरेको मन्त्री साहले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्