मुख्यमन्त्री भट्टद्वारा हलिया मुक्ति आन्दोलनका राष्ट्रिय अगुवा पूर्व सांसद श्रीपाईली सम्मानित 



सुदूर पश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एवं,कमैया,कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी हलिया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्‍याए बापत संविधान सभा सदस्य तथा दलित एवं कमैया, हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई सोमबार  सम्मान गरिएको छ । 

हलिया मुक्ति आन्दोलनमा विशिष्ट  योगदान पुर्‍याए बापत राष्ट्रिय मुक्त हलिया समाज महासंघद्घारा कञ्चनपुरको पुर्नवासमा आयोजित १३ औँ मुक्त  हलिया  दिवसको अवसरमा  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्व सांसद एवं हलिया आन्दोलनका अगुवा श्रीपाईलीलाई सम्मान गर्नुभएको हो   । पूर्व सांसद श्रीपाईली दशकौँ देखि हलियाहरुलाई सङ्गठित,सुसूचित,जागरण,सचेतना,दिँदै मुक्ति आन्दोलन र पुनर्स्थापना का लागि निरन्तर सङ्घर्षरत राष्ट्रिय  अभियन्ता हुन ।

दलित अधिकारका लागि राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुरस्थापना कार्यदलका केन्द्रीय संयोजक समेत रहिसकेका छन् । उनकै कार्यकाल र विशेष अगुवाइमा सुदूर तथा मध्यपश्चिममा रहेका हजारौँ हलियाहरुले दासताको जीवनबाट मुक्ति पाएका थिए । सम्मानित भएपश्चात् श्रीपाईले भने आफू सदैव दलित,कमैया,हलिया,कमलरी र शोषित पीडित सीमान्तकृत समुदायको अधिकारका लागि सदा आवाज उठाई रहने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्