टप फिचर

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई कोरोना संक्रमण

By Thah Online

September 23, 2021

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना सङ्क्रमण भएको छ ।

लक्षणहरू देखिएपछि अधिकारीले परीक्षण गराएका थिए ।

अधिकारीलाई केही दिनयता जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षणहरू देखिएका थिए । पोजेटिभ रिपोर्ट आएपछि अधिकारी आइसोलेसनमा बसेका छन् ।