सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ घट्यो



काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ घटेको छ । बुधवार प्रतितोला ९० हजार १ सयमा रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ५०० ले घटेर रुपैयाँले तोलाको ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसै गरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्