एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल



काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महासचिव बेदुराम भुसाललाई बनाउने भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । यो सहमति आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने ती नेताको दाबी छ। 

महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायतकाे नाम चर्चामा थियाे । तर सचिवालय बैठकले भुसाललाई नै महासचिव बनाउने सहमति जुटाएको हो ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ । मङ्गलवारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्