टप फिचर

बैतडीमा एक जना मृत भेटिए

By Thah Online

September 23, 2021

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न. ४ सन्सेरीमाण्डौँ बजारका एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया ४ लेक डाँडा निवासी ४५ वर्षीय कमलसिंह महरा आज बिहान मृत अवस्थामा भेटिएका हुन् । 

स्थानीयले महराको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले उनको ह’त्या भएको आ शङ्का गरेका छन् । प्रहरी नायब उपरीक्षक पालले मृतकको टाउकोमा चोट लागेको देखिएको बताउँदै घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेको जनाए ।

अहिले इलाका प्रहरी कार्यालय पाटन बैतडीको टोली अनुसन्धानका लागि घटनास्थल पुगेको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।