पर्वत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिमा न्यौपानेको दाबी



नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा स्थानीय तहदेखि केन्द्रसम्म नै यसको सरगर्मी बढेको छ । यति बेला पर्वत जिल्लाको  प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा पनि अधिवेशन को माहोल तात्न थालेको छ ।

काँग्रेसको गढ मानिने जिल्लाको प्रदेश सभा क्षेत्र ‘ख’ मा यति बेला अधिवेशनको मिति नजिकिँदै गर्दा बीहादिका  काँग्रेसका त्यागी नेता  हरि न्यौपाने को उम्मेदवारी सशक्त रूपमा अगाडि देखिएको छ ।

को हुन न्यौपाने?
विक्रम संवत् २०४६ शालको जनआन्दोलनमा न्यौपानेको उमेर जम्मा १४ वर्ष रहेको थियो । सो बेला कालो झण्डा समाएर जन आन्दोलनमा होमिएका न्यौपाने २०५३ सालमा नेपाल विद्यार्थी सङ्घ पर्वत क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भएका थिए । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला सचिव र उपाध्यक्ष समेत भएका न्यौपाने नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा तत्कालीन पार्टी सभापति सुशील कोइराला बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि मनोनीत भएका थिए ।

निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहेका न्यौपानेको पर्वतको दक्षिणी क्षेत्रको सामाजिक विकासको लागि महत्वुर्ण योगदान समेत रहेको छ । नेपाल तारा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात, लोकतन्त्र प्राथमिक विद्यालयको स्थापना,समाज सुधार सामुदायिक सिकाइ केन्द्र को स्थापना र समाज सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना जस्ता महत्वुर्ण कार्यहरू न्यौपानेको नेतृत्व तथा पहलमा भएका छन् ।

पर्वत जिल्लाको दक्षिणी भेगमा सञ्चार को रिक्तताको अवस्थालाई मध्यनजर राख्दै सामुदायिक रेडियो सत्यबाणीको स्थापना गरी आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको छ । न्यौपाने पर्वत जिल्लाको सदरमुकाम कुश्मा मा सञ्चालित रेडियो शालिग्रामका संस्थापक अध्यक्ष समेत रहिसकेका छन् ।

स्थानीय नागरिक तथा युवाहरूको समस्या समाधान का लागि न्यौपानेले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । पर्वत जिल्ला प्रदेश सभा ‘ ख ‘ क्षेत्रको क्षेत्रीय सभापति मा उम्मेदवारी दिएका न्यौपानेले आँफु कुनै एउटा गुटको मात्र उमेद्वार नभएर,सच्चा काङ्ग्रेसहरूको उमेद्वार भएकाले  आफूलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्