सैघाली खबर
दाङ,१० फागुन
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिब बिनय कुमार पोख्रेलले आफुनो बैठकभक्ता सामाजिक काममा लगाएका छन् । उनले आफनो बैठक भत्ता गरिब, असहाय, अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गर्दै आएका छन् । खानेपानीको पहिलो बर्षको बैठक भत्ता उनले राप्ती बहिरा संघका बालबालिकालाई खेलकुद सामाग्री प्रदान गरेका थिए । साथै दोस्रो बर्षको भत्ता अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेका थिए । भने तेस्रो बर्षको भत्ता बिजौरीको असहाय बाल बिकास केन्द्रका बालबालिकालाई प्रदान गरेको उनले बताए । उनले असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य, पालन पोषणमा सहज होस भनी बुधबार ६ हजार रुपैयाँ सहयोग गरेको बताए । उक्त रकम संस्थाका उपाध्यक्ष सीमा चौधरी वलीलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अबशरमा उनले आफु गरिब, बिपन्न समुदायबाटै खानेपानीको सचिब जस्तो पदमा निर्बाचित भएको भन्दै उनीहरुकै हितमा काम गर्दै आएको बताए । खानेपानी पु¥याउनु मात्रै दायित्व नभई गरिब, बिपन्न समुदायलाई माथि उकास्नु पनि आफ्नो दायित्व भएकाले आफुले बैठक भत्ता पनि बिपन्न, गरिब, अशक्तलाई बितरण गर्दै बताए । उनले सधै गरिब निमुखा,असहाय, बिपन्न समुदायको पक्षमा काम गर्ने प्रबितद्धता पनि जनाएका छन् ।
साथै आफ्नो संस्थालाई सहयोग गरेको भन्दै असहाय बाल बिकासका अध्यक्ष बिष्णु चौधरीले पोख्रेललाई धन्यवाद दिए । दुःखी, गरिब, असहायको पक्षमा काम गर्नु समाजका लागि पनि सकारात्मक पक्ष भएको भन्दै आउँदा दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिन चौधरीले आग्रह गरे ।
नेपाल संस्कृत बिश्व बिद्यालयका अफिसर समेत रहेका पोख्रेलमा कुनै अहमता नरहेको सबैलाई समान रुपले हेर्ने गरेको बताए । ‘ बिश्व बिदालयका अफिसरको हैसियतमा हुँदा पनि कार्यलय सहयोगीसंग पनि साथि सरह सम्बन्ध राख्नु हुन्छ ’ अध्यक्ष चौधरीले भने ‘यसले पनि उहाँको भावनात्मक सम्बन्ध सबैबर्ग संग छ भन्ने स्पस्ट हुन्छ ।’
पोख्रेलमा कनै किसिमको अहमता नभएको भन्दै उनको ब्यबहार समान्न जनक रहेको अध्यक्ष चौधरीले बताए । पोख्रेल जस्ता ब्यक्तिलाई सधै नेतृत्वदायी भुमिकामा ल्याउनु पर्ने समेत उनको तर्क थियो । आफुहरुलाई सहयोग गरेको भन्दै असहाय बालबालिका पनि खुसी भएका थिए । पोख्रेल एक कार्यकाल बेलझुण्डी खानेपानीको सचिब भएर काम गरेका छन् । उनले यस अघि आफ्ना वुवा आमाको स्मृतिमा घोराहीको बृद्धाश्रममा पनि एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।