विद्युत कटौती फेरि सुरु हुँदै नेपालमा, कता–कता जान्छ बत्ती ? (सूचिसहित )



काठमाडौँ । अहिले देशका विभिन्न जिल्लामा विद्युत् कटौतीको समस्या बढ्दै गएको छ। विद्युत् मर्मत सम्भार लगायतका प्राविधिक समस्याले विद्युत् क’कटौती गर्नु परेको प्राधिकरणले जनाउदैं आएको छ। प्राधिकरणका अनुसार विद्युत् मर्मत सम्भार गर्नका लागि सिस्टम नबनेसम्म यो समस्या कायमै रहने बताएका छन्।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार काठमाडौँको कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका ( खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

प्रदेश–१, प्रदेश–२, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७ः३० देखि साँझ ५ सम्म विद्युत् कटौती हुँदै छ।

यस्तै निजगढ वितरण केन्द्र, धादिङको आरूघाट वितरण केन्द्र अन्तर्गतको धादिङवासीदेखि सल्यानटार फिडर तथा इटहरी वितरण केन्द्र अन्तर्गत पकली फिडर क्षेत्रमा पनि मर्मत सम्भार तथा रुखका हाँगा काट्न विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यस्तै गुल्मी वितरण केन्द्र अन्तर्गत जैसीथोक, इस्मा र वास्तु फिडर अन्तर्गतका क्षेत्रमा बुस कटिङका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्