सैघाली खबर
काठमाडौं,१० फागुन
सरकार आर्थिक संकटमा पर्ने अर्थविद्हरुले चेतावनी दिएका छन् । अर्थव्यवस्था डामाडोल रहेको बेलामा सरकारले विकासका नयाँ आयोजना ल्याउन पनि नसक्ने उनीहरुले बताएका छन् । सरकारको ढुकुटी रित्तिएको अवस्थामा सरकारले महत्वकांक्षी राष्ट्रिय गौरवकानयाँ योजना अगाडी बढाउन नसक्ने उनीहरुको बताएका हुन् ।
अर्थविद् केशव आचार्यले सरकारले थुप्रै आर्थिक चुनौतीको सामनागर्नुपर्ने बताउनुभयो । संघिय संचरनामा मुलुक गएको बेलामा अहिले सरकारलाई साधारण खर्च धान्ननै मुस्किलहुने उहाँको भनाई छ । विकास निर्माणका महत्वकांक्षी नयाँ आयोजना ल्याउन भन्दा पनिअहिले निर्माणाधिन रहेको आयोजना लाई पुर्णता दिन उहाँले सरकारलाई सुझावदिनुभयो ।
निजगढ काठमाण्डौ फाष्ट ट्याक, हुलाकी राजमार्ग, बन्ने भनेकाअन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनालई पुर्णता दिन उहाँले सुझाव दिनुभएको हो । विकासको मेरुदण्डका रुपमा रहेका राष्ट्रिय गौरवाका आयोजना पुरा भएको खण्डमा आर्थिक स्रोत जुट्ने र थप आयोजना ल्याउन सहज हुनेमा अर्थविद् आचार्यले जोड दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।