अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव जातिको पदचाप



एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ। यसबाट हिमयुगको अन्त्य हुनु पहिले उत्तरी अमेरिकामा मानव सभ्यता रहेको दाबी वैज्ञानिकहरूले गरेका छन्। मानव पाइला धेरै पहिले नै सुकिसकेको एक तालको किनारा छेउमा फेला पारेका हुन्।

वैज्ञानिकहरूको टोलीले सन् २००९ मा ह्वाइट स्याण्ड नेसनल पार्कस्थित पहिलो पदचाप फेला पारेका थिए।  सोही आधारमा हालै करिब २२ हजार ५०० हजार वर्ष पुरानो मानव जातिको पदचाप फेला पारिएको नेचरमा प्रकाशित छ। 

वैज्ञानिकहरूले विभिन्न प्रमाणहरूको आधारमा सो पदचाप करिब २३ हजार वर्ष पुरानो भएको बताएका छन्। सो मानव जाति अफ्रिका र एसिया भन्दाअघि अमेरिका कहिले पुगे भन्नेबारे अझै रहस्यमय रहेको वैज्ञानिकको टोलीले बताएका छन्। 

कतिपय वैज्ञानिकले भने अफ्रिकाबाट एसिया हुँदै सो मानव जाति अमेरिकासम्म पुगेको हुन सक्ने अनुमान गरेका छन् भने करिब २३ हजार वर्षदेखि २६ हजार वर्ष पहिले मानव जाति अमेरिका पुगेको हुन सक्ने बताएका छन्। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्