दुई दिन दाङमा बिद्युत् सेवा अबरुद्ध



सैघाली खबर
दाङ,१० फागुन

नेपाल बिद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले दुई दिन दाङमा विद्युत् सेवा अबरुद्ध हुने जनाएको छ । आज र भोलि १३२ केभी विद्युत् प्रशारण लाइनमा रहेका ३० एमभीएका ट्रान्समिटर हटाएर ६३ एमभीएका ट्रान्समीटर राख्ने काम हुने भएकाले विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको हो ।
ट्रान्समीटरसंगै ३३ केभीका बसबार बदल्ने कार्यक्रम रहेका कारण जिल्लाका बजार तथा ग्रामीण तहमा बिद्युत् सेवा अबरुद्ध हुने जनाइएको छ । ट्रान्समीटर र बसबार बदल्नका लागि दुई दिन समय लाग्ने भएकाले आजदेखि विहान ७ बजेबाट बेलुकी ५ बजेसम्म बिद्युत सेवा अबरुद्ध हुने जनाइएको छ ।
साथै काम सम्पन्न भएपछि पुरानै रुपमा काम जारी रहने जनाइएको छ । ट्रान्समीटर नहुदा केही समस्या भएका कारण बदल्नु परेको विद्युत् प्राधिकरण घोराही शाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्