गोरखाका ११ पालिकामा कांग्रेसको नेतृत्व चयन



गोरखा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गोरखाको ११  वटै स्थानीय तहमा नेपाली काँग्रेसले अधिवेशन सम्पन्न गरेको छ ।

१४ औँ महाधिवेशनअन्तर्गत शनिवार भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व चुनिएका छन् । ६ पालिकामा सर्वसम्मत र ५ पालिकामा निर्वाचनबाट पालिका सभापति निर्वाचित बनेका हुन् ।

गोरखा नगरपालिकाको नगर सभापति पदमा चन्दनबाबु खत्री विजयी भएका छन्। उनी यसअगाडि पनि नगर सभापति नै थिए। खत्रीले गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसमेत रहेका नगर सभापति पदका उम्मेदवार डिलबहादुर थापालाई हराएका हुन् । 

शनिबारै निर्वाचन सम्पन्न भएको पालुङटार नगर सभापतिमा विमल ढकाल विजयी भएका छन् । त्यसैगरी,  चुमनुव्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ, धार्चेमा सन्तोष गुरुङ, सुलिकोटमा जितबहादुर घले सभापति चयन भएका छन्।

सहिद लखन गाउँपालिकामा काशिनाथ अंगाइ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ र अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ सर्वसम्मत पालिका सभापति चयन भएका छन् । 

यस्तै सिरानचोक भक्तबहादुर गुरूङ गाउँपालिका सभापति भए भने भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई सभापति भएका छन्। केही ठाउँमा चुनाव र केही ठाउँमा सर्वसम्मत तवरले नेतृत्व चयन गरिएको हो। अब प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै यही असोज १८ मा गोरखामा जिल्ला अधिवेशन गर्ने तयारी छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्