कांग्रेस अधिवेशन : लमजुङको राइनास नगरपालिकामा मतदान स्थगित, मतपत्र जलाइयो



लमजुङ । नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।

उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताउनु भयो ।

’उँहाले भन्नु भयो , ‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने योजनाबद्ध षड्यन्त्र रचियो, ‘मतपत्रमा काेलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि हामीले मतदान रोक्न लगायौँ ।’

पौडेलले प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने काँग्रेस जस्तो पार्टीमा केही स्वार्थी र बदनाम नेताहरुका कारण पार्टी नै बदनाम  भएको बताउनु भयो । आफू  जित सुनिश्चित भएका कारण पार्टीका केही स्वार्थीले यस्तो षड्यन्त्र रहेको उँहाको आरोप छ । उमेदवार पौडेलले योजनाबद्ध षड्यन्त्र गरिएको भन्दै नेता कार्यकर्ताले विरोधमा उत्रिएर मतपत्र जलाइदिएको पौडेलले बताउनु भयो ।

निर्वाचन अधिकृत दिनेश चिलुवालले निर्वाचन सुरु भएको दश मिनेटमा मतपत्रमा त्रुटि भेटेपछि दुवै पक्षका प्रतिनिधिसँग छलफल गरेर सहमतिमा निर्वाचन प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।  उमेदवार पौडेलले मतपत्रको विषयलाई लिएर विरोध गरिएपछि मतदान स्थगित भएको निर्वाचन अधिकृत चिलुवालले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्