इपिएल क्रिकेट : चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित



काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको छ ।

आइतबार  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा बिहान भएको पहिलो खेलमा १५२ रनको लक्ष्य  चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो । 

चितवनको जितमा राजेश पुलामी मगरले सर्वाधिक ४३ रन बनाए ।  दिलीप नाथले २३ रन र करिम जन्नतले १९ रन जोडे ।  कप्तान सोमपाल कामीले नौ रन बनाए भने भीम सार्कीले ३० र इशान पाण्डेले १० रन जोडे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्