हात्तीपाइले रोगको औषधी खुवाइने



सैैघाली खबर,
घोराही १० फागुन।
दाङमा यहि १२ ,१३ र १४ गते हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ। १२ गते स्वास्थ केन्द्रमा र १३,१४ गते घर घरमा औषधी खुवाइने जनस्वास्य कार्यलय दाङले जनाएको छ। नेपालमा २०२० सम्ममा हातीपाइले रोगलाई निर्मुल पार्ने प्रतिबद्यता जायर गरेको छ। निबारण गर्न २४ वटा जिल्लामा हात्तिपाईले निबारण कार्यक्रम भईरहेको छ ।।३ सय ५७ स्वास्थकर्मी परीचालन गरीने जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताउनुभयो ।

बुधवार दाङको घोराहीमा दाङका संचारकर्मीहरुसंगको अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराइएको थियो । । आज नै सबै स्वास्थ सस्थाहरुमा औषधी पठाइने जानकारी दिनु भयो। नेपालमा ६५ प्रतिशतले मात्र औषधी खाइदिएमा हातीपाइले रोग निर्मुल पार्नमा सहयोग पुग्ने बताउनु भयो।

र्दुइ बर्ष मुनिका,गर्भवती,सुत्केरी,धेरै बिरामी भई औषधी खाइरहेकाले हातीपाइले रोगको औषधी नखान तथा अन्य सम्पुर्णले भने औषधी खान आग्रह गर्नु भयो। निरन्तर ६ बर्ष सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउनु पर्ने भएपनि ६ बर्ष सम्म पनि दाङमा हात्तिपाईले रोग निबारण हुन नसकेपछि ७ औं पटक यो औषधी खुवाउन लागिएको हो।

यस्तै हातीपाइले रोगका कारण पुरुषमा देखिने हाइड्रोसिल अण्डकोषमा पानी जमी देखिने समस्याको घोराहीको राप्ती उपक्ष्ोत्रिय अस्पताल र तसलसीपुरको राप्ती अञ्चल अस्पताल निशुल्क उपचार भइरहेकोे जानकारी दिनु भयो, । वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य विभागका नारायण प्रसाद घर्तीले हात्तीपाइले विरुद्धको औषधी खाने र खुवाउने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्