प्रशासनद्वारा भाडा दर कायम गर्न अनुगमन, प्रत्येक जिपमा भाडादर नटासीए कारबाही गर्ने चेतावनी 



बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङद्वारा भाडा दर कायम गर्न सडकमा अनुगमन गरिएको छ ।

जिल्ला भित्र चल्ने जिपहरूमा केही समय अगाडि सबै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गर्दै,पक्की सडकमा प्रतिकिलोमिटर ७ रुपैयाँ र ग्रामीण सडक खण्ड कच्चिमा १२ रुपैयाँ भाडा दर लिने निर्णय गरिएको थियो ।

जिप व्यावसायी र सरोकारवाला बिच भएको सहमति अनुसार पछिल्लो समय भाडा दर कायम भयो कि भएन भन्दै,आज प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्का सहितको टोलीले चैनपुर देखि बागथाला सम्म अनुगमन गरेको हो ।

आज अनुगम गर्दा पहिले जिप सँञ्चालकरुले महँगो भाडा लिँदै आफूलाई लुट्ने गरेको र अहिले भाडा दर कायम भए पछि भाडा घटेको भन्दै यात्रुमा खुसीयाली छाएको छ । अहिले भाडा दर कायम गरेपछि सवारी तथा यात्रुहरू तोकिएको भाडा दर तिरेर सर्वसुलभ मूल्यमा चैनपुर आउन जान पाएको यात्रुहरूको भनाइ छ ।

आजै अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारीले सडकको विभिन्न ठाउँमा सवारी साधन रोकेर प्रत्येक सवारीसाधनमा भाडा दर टाँसेर राख्न अनुरोध गर्दै,नियम अनुसारको भाडा लिन पनि चेतावनी दिनुभएको तियो । यदि कसैले नियमको उलङ्घन गरेमा कानुनी कारबाही गरिने सिडियाे अधिकारीको भनाइ  छ । त्यसै बिच डिएसपी रूपक खड्काले भने, नियम अनुसार मात्र भाडा तिर्न अनुरोध गर्दै कसैले नियम भन्दा धेरै भाडा लिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न अनुरोध गर्नुको साथै सबैलाई सचेत रहन आग्रह गरिएको हो ।भोलि देखि गाडीमा भाडा दर कायम गरेको मूल्य सवारीसाधनमा नटासेकाे भए कारबाही गरिने उनको भनाइ छ । जिल्लामा यसरी भाडा दर कायम भएकोमा सबै जिल्ला बासी खुसी भएको छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्