बच्चालाई झाडापखाला किन लाग्छ ? कसरी ठीक पार्ने ?



सैघाली खबर,
नेपालमा अत्यन्त आम समस्याको रुपमा रहेको रोग हो, झाडापखाला । वर्षेनी ठूलो संख्यामा बालबालिकाहरुको झाडापखालाले गर्दा मृत्यू हुने गरेको छ ।

बच्चाहरुलाई दिनभरमा तीनपटक वा सोभन्दा बढि पानीजस्तो पातालो दिसा लाग्यो भने त्यसलाई झाडापखाला भनिन्छ । अवस्था गम्भीर भएमा उनीहरुलाई ज्वरो आउने र उल्टी हुने पनि हुन सक्छ ।

 

झाडापखाला लागेको बच्चाको शरीरमा पानी र पोषक तत्वको कमि हुनुका साथै अत्यधिक कमजोरी पनि हुन्छ । यसबाट बच्नका लागि तपाईंले झाडापखालाको प्रमुख कारण र यसको निवारणका घरेलु उपाय जानुराख्नु आवश्यक छ ।

१। अत्यधिक गर्मी वातावरणका साथै दूषित खानपान झाडापखालाको प्रमुख कारण हो ।

२। झाडापखाला पैदा गर्नका लागि प्रमुख रुपमा रोटा नामको भाइरस जिम्मेवार छ जसको इन्फेक्सनको कारणले झाडापखाला हुन्छ ।

३। पानी सफा नहुनु वा बाहिरको दूध पिलाउनुले बच्चालाई झाडापखाला हुन सक्छ । यदि दूधमा मिसावट छ भने यो सम्भावना झनै उच्च हुन्छ ।

४। दाँत निस्कने बेलामा पनि बच्चाहरुलाई झाडापखालाको समस्या हुन्छ किनकी यो समय गिजामा संवेदनशीलताका कारण उनीहरुले केही चिज चबाइरहन्छन् जुन सफा हुँदैन ।

५। यदि बच्चाहरुलाई लामो समयसम्म एन्टिबायोटिक्स दिइयो भने यही डाइरियाको कारण बन्छ ।

समाधानका घरेलु उपाय

१। एक गिलास पानीमा दुई चम्चा चिनी र एक चिम्टी नून तथा कागतिको रस केही थोपा मिलाएर बच्चालाई पिलाउनुस ।

२। नरिवल पानी पिलाउनाले पनि झाडापखाला लागेको बच्चालाई फाइदा गर्छ । काँचो नरिवलको पानी बच्चालाई पिलाउनुस, जसबाट पोषकतत्व पनि प्राप्त हुन्छ र झाडा पखालामा पनि राहत मिल्छ ।

३। दालको पानी, चामलको माड, दही केरा, हल्का चिया बच्चालाई खुवाउनुस ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्