नेपाली सिने संसारको पर्यायवाची नाम ‘महानायक’ राजेश हमाल



सुनसरी । यस हप्ता नेपाली सिने नगरमा एउटा विषयले खुब चर्चा बटुल्यो, को हुन् वास्तविक ‘महानायक’ ? हुन त यो विषय खासै बहसको विषय नहुनुपर्ने हो । नहुनुपर्ने यस सिनेमा कि ‘महानायक’को पगरी राजेश हमालको पोल्टामा थियो, छ र हुनेछ/हुनुपर्नेछ । गत आइतबार कलाकार तथा निर्देशक शोभित बस्नेतले एक सार्वजनिक कार्यक्रममा जबरजस्ती भुवन केसीलाई ‘महानायक’ बनाइदिएपछि यस विषयमा थप बहस सुरु भयो । उक्त कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई र शिव श्रेष्ठले भुवन केसीलाई ‘महानायक’ बन्नुपर्ने तर्कहरू पेश गरेका थिए ।

के हो ‘महानायक’ उपाधि ?

‘महानायक’ कुनै सर्वमान्य पदवी भने होइन । लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’, गौतम बुद्धलाई ‘एसियाका तारा’ सबैले मान्छन् भने काँग्रेसीहरूले बिपी कोइरालालाई ‘महामानव’ भन्छन् तर अरूले भन्दैनन् । वर्षौँअघि सिने कार्यक्रम ‘रजतपट’ले राजेश हमाललाई ‘महानायक’ ट्याग भिराइदियो । त्यसपछि चलचित्र प्राविधिक सङ्घले पनि यसलाई अनुमोदन गर्दिएपछि हमाल नेपाली सिने संसारका ‘महानायक’ कहलिए । यो ट्याग सरकारले दिएको ट्याग हैन्, हजारौँ दर्शकको भिडले दिएको उपमा हो, त्यो ।  त्यसैले यसको महत्त्व छुट्टै छ । बलिउडमा अमिताभ बच्चनलाई महानायकको उपाधि दिएपछि त्यसैको सिको नेपालमा पनि भएको देखिन्छ ।

दर्शकका लागि राजेश हमाल

गत वर्ष कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई ‘महानायक’ मान्दिन भन्ने आशयको तर्क गरिन । त्यसपछि दर्शक तथा कलाकारहरू उनीमाथि यसरी खनिए कि उनको नाममा श्रद्धाञ्जली समेत पोस्ट भए । विवादलाई साम्य रूप दिँदै राजेश हमालले कसैलाई विभेदपूर्ण व्यवहार नगर्नु भन्दै महानता देखाए ।

हमालको प्रत्येक सिनेमामा नेपाली माटो बोल्छ । अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउन सिकाउँछ । विद्रोह गर्न उत्प्रेरित गर्छ । त्यसैले राजेश हमालसँग नेपाली मनको भावना जोडिएको छ । एउटा पुस्ता उनको फिल्म हेरेर हुर्किएको छ । धेरैजसो कलाकार राजेश हमाल बन्न सिने जगत टेकेका छन् ।

राजेश हमाललाई महानायक मानिने कारणमध्ये एक उनको व्यक्तित्व पनि हो । नेपालका बौद्धिक तप्का देखी राजनीतिज्ञसम्म उनको व्यक्तित्वबाट प्रभावित छन् ।

२५ वर्ष नेपाली फिल्म क्षेत्रलाई काँधमा बोकेर हिँड्नु चानचुने कुरा होइन । उनको यो निरन्तरता र लगावले पनि उनलाई धेरैले चिन्छन् । उनी धेरैले विवादमा आउने कलाकार हैनन् ।

‘धेरै’ सिनेमा खेलेर महानायक भइन्छ ?

फेरि पनि भनौँ, नेपालमा ‘महानायक’ उपाधिका लागि थप बहस गरिराख्नु समुन्द्रमा बसेर हवाई जहाजको प्रतीक्षा गर्नु जस्तै हो । यद्यपि एक थरीले थुप्रो फिल्म खेल्यो, वाइहात फिल्म खेल्यो भनेर लाञ्छना लगाएका छन् । सत्य हो कि हमालले धेरै सिनेमामा अभिनय गरे, जसमा धेरै सिनेमाहरूले राम्रो व्यापार पनि गर्न सकेनन् । तर यहीँ कारणले उनलाई महानायक नमानेर अन्य कुनै कलाकारले आफ्नो जीवनकालमा हिट सिनेमा मात्र गरेको आधारमा उसलाई महानायक भनिनु चाहिँ मूर्खता हुनेछ । धेरै पर नजाऔँ, बलिउडमा हिट फिल्म खेलेर महानायक हुने भए  अमिर, सलमान र शाहरुखलाई महानायक भनिनुपर्थ्यो । किनकि महानायक अमिताभ बच्चनले भन्दा कयौँ हिट उनीहरूले दिएका छन् ।

हमाललाई बुझ्ने केही किस्साहरु

किस्ता नम्बर १: गत वर्षको लकडाउनमा रङ्ग पत्रकार प्रकाश सुवेदीले राजेश हमाललाई सोधेका थिए, यो महामारीमा अन्य कलाकारले सहयोग गरेको समाचार आयो, महानायकको समाचार किन आएन ? हमालको जवाफ थियो, म प्रचारमुखी मान्छे हैन् । अर्को कुरा सधैभरी मान्छे सहयोग गर्ने अवस्थामा हुन्छ भन्ने पनि छैन । कतै उ आफ्नै परिवारको समस्याभित्र अल्झिरहेको पो छ कि ?  उनले त्यतीबेला घुमाउरो पारामा दिएको यो जवाफको आशय हुन्थ्यो, उनी त्यति बेला आफ्ना भाइ राकेश हमालको भारतको दिल्लीमा उपचार गरिरहेका थिए । र, केही समयपछि उनले आफ्ना भाइलाई बचाउन समेत सकेनन् । यदि उनले बेलायती आफ्नो भाइको उपचारमा आफू लागिपरेको कुरा बताएका भए उनलाई सहानुभूतिको ओइरो लाग्ने थियो तर उनले त्यसो गरेनन् । के उनको यो महानता हैन ? केही समयपछि भने उनले सयौँ चलचित्रकर्मीलाई राहत उपलब्ध गराए ।

किस्सा नम्बर २: फेसबुक स्क्रोल गर्दै थिए । एक जना चलचित्रकर्मीको मेसेज आयो, सुबिन जि महानायक विवादबारे किन केही लेख्नुभएन ? थुप्रो समय नेपाली सिनेमामा हमालसँगै काम गरेका ती सज्जनबृन्दलाई सोधे, ए साँच्चै, तपाईँ चाहिँ हमाललाई कसरी चिन्नुहुन्छ ? उनको रिप्लाई थियो, फिल्म नै नबन्ने उद्योगमा ‘देउता’ बनेर आए, अस्तित्व गुमाइरहेको नेपाली चलचित्रको ‘पाले दाइ’ बनिदिए, ‘अर्जुन’ बनेर चेलीको इज्जत जोगाउन सिकाए, सहरको मात्र नभएर ‘गाउँले’ पनि भए, ‘शकुन्तला’ बनेर समानताको पाठ सिकाए, विदेशी चलचित्रको बिगबिगी भइरहेको बेला नेपाली सिनेमा पनि चल्न सक्छ भनेर ‘चट्टान’ बनी गर्जिए, अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाए, नेपाली सिने क्षेत्रमा झण्डा बोके । त्यस कारण त नेपाल र नेपालीले उनलाई ‘युग देखी युगसम्म’ सम्झिरहेछ ।

किस्सा नम्बर ३: राजेश हमाल एकदमै सम्पन्न परिवारबाट आएका व्यक्ति हुन् । बुबाको इच्छा विपरीत उनी सिनेमामा आए । एउटा अन्तर्वार्तामा उनले निकै अर्थपूर्ण वाक्य बोलेका छन्, नेपाली सिनेमामा आउनुअघि म धेरै पटक नेपाल-भारत  गरिसकेको थिए, तर नेपाली फिल्मको हिरो भएपछि फिल्मको सुटिङको लागि पहिलो पटक रेलको यात्रामा मुम्बई पुगे । उनको यो त्यागलाई व्याख्या र समीक्षा गर्नेहरूले खासै कुरो बुझेनन् ।

किस्सा नम्बर ४: कुनै बेला पोस्टरमा हमालको टाउको राखेपछि मात्त हलमा दर्शक जाने गर्दथे । निर्देशक तुल्सी घिमिरेले भनेका छन्, हमालको महानता हो कि उनले कुनै निर्माता-निर्देशकलाई पनि निराश गराएनन् । उनको त्यही उदारताले सिने जगत चयामान भयो र आज यहाँसम्म आइपुग्यो ।

राजेश हमाल जुन बेला नेपाली सिनेनगरमा आए, बेलायती उनी मात्र स्तातक पास गरेका कलाकार थिए । उनको बौद्धिक स्तरको चर्चा आज पनि विभिन्न स्थानहरूमा उत्तिकै हुने गरेको छ । यद्यपि बौद्धिकता, चेतनास्तर, सभ यद्यपि बौद्धिकता, चेतनास्तर, सभा समारोहमा बोल्ने शैली, समाजप्रतिको बुझाइ र चलचित्रमा गर्ने भूमिका फरक छ  । राजेश हमालको बौद्धिकता स्तर र उनको चलचित्रको बौद्धिकता स्तरमा किन समानता छैन ? यसको जवाफ एउटा प्रतिप्रश्नमार्फत दिन सकिन्छ, के उनलाई आफ्नो बौद्धिकताअनुसारको चलचित्र गर्न मन थिएन होला ? उनले त्यो बेला आफ्नै स्तरअनुसारको फिल्म खोजेको भए के हुन्थ्यो होला ? फिल्म नै नबिनिरहेको बेला, त्यस बेला त्यो स्तरको फिल्म नै कहाँ बन्थे होला र ? बनेकै भएपनी त्यो बेलाको समाजले त्यो बौद्धिकता पचाउन सक्थ्यो होला र ? उनको बौद्धिकता भन्नू नै दर्शकसँगको सम्बन्ध हो । त्यो बेला नेपालमा सिनेमामा भविष्य नै नभएको अवस्थालाई फिल्म बढी बनाउनु हो । आफ्नो बौद्धिकतालाई बिर्सिएर आम दर्शकमा भिज्दै नेपाली सिने जगतलाई आज यहाँसम्म ल्याउन चाहान्थे ।

कुनै बेला एकै दिन ५ वटा सम्म सिनेमाको सुटिङ गर्ने हमालकै लागि चलचित्र बन्ने गर्दथ्यो । उनी आफैले पटक पटक भन्ने गरेका छन्, मैले जुन समयमा सुरु गरे, त्यो बेला मैले एउटा सिनेमा गर्दा मात्रै पनि २सय जनाले रोजगारी पाउँथे, सिने क्षेत्र चलायनमान हुन्थ्यो, बन्दै नबन्ने अवस्थालाई पार गर्दै प्रत्येक वर्ष फिल्म फिल्म बन्थे, निर्माता निर्देशक बढ्थे । र, त्यही कारण आजको सिने नगरी यहाँसम्म आइपुगेको ध्रुव सत्यलाई स्वीकार गर्न सक्दैनन् । र, एउटा समूह उनको महानायकको उपाधि माथि हात धोएर लागिरहेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्