कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



सैघाली खबर,
काठमाडौं, १० फागुन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजितपछि पार्टीको अवस्था, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यसअघि कार्यसम्पादन समितिको बैठक स्थगित गरेको कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्