पूर्व जनमुक्ति कमाण्डर सहित अन्य ३८ जना एमालेमा प्रवेश



yamleeeeeeeee5555555yamaleeeeeeeeee v 6666666666666

दाङ, जेठ ३० । पूर्व जनमुक्ति सेनाका कमाण्डर एमालेमा प्रवेश गर्नुभएको छ । घोराही उपमहानगरपालिका—१६ सिर्जना टोलमा भएको कार्यक्रममा पूर्व जनमुक्ति सेनाका कमाण्डर जिपिटर रानासहित ३८ जना एमालेका प्रवेश गर्नुभएको हो ।
रानासँगै गम्भीर चन्द, आकाश चन्द, समीरजंग चन्द, मोहन पोखरेल, कृष्ण पोख्रेल, ईश्वर पोख्रेल, गोविन्द रेग्मी, मोहन शर्मा, लालबहादुर चौधरी, प्रेम सुनार, कमल घर्ती, सुशील वली, मदन वली, राम लामा, बलबहादुर बुढाथोकी, लालबहादुर पुन, दलबहादुर विक, रुपजनी बुढा, हिरा चौधरी, विरलाल चैधरी, रुपमान कामी र सरिता थापा एमालेमा प्रवेश गर्नुभएको हो ।
यस्तै नेपाली काँग्रेसबाट रविन डाँगी, भक्तबहादुर बुढा, छविलाल खत्री, मानबहादुर डिसी, प्रेमलाल कामी, नरबहादुर घर्ती, गोविन्द मल्ल, रुद्रबहादुर थापा, नउज थापा, गोरखनाथ योगी, टोपजंग थापा, भावना सेन वली, दमा बस्नेत र विमला राना एमालेमा प्रबेश गर्नुभएको हो ।
रविन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले टीका लगाएर एमाले प्रवेश गराउनुभएको हो । त्यस अवसरमा एमालेका तर्फबाट घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नरुलाल चौधरी, पूर्व मेयर अमरबहादुर डाँगी, वडाध्यक्ष पदका उम्मेदवार लक्षिनप्रसाद बुढा, एमालेका नेता शिवकुमार आचार्य, जिल्ला सदस्य शिल्पा चौधरीले बोल्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्