टप फिचर

बझाङ एमालेमा पहिरो ८४ जना समाजवादी प्रवेश 

By Thah Online

September 28, 2021

बझाङ । नेपाल कम्युनिस्ट पार्टी बझाङ एमालेमा पहिरो गएको छ । 

आज जिल्लामा एक कार्यक्रमका बिच नेकपा एमाले परित्याग गरी ८४ जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

हाेटेल माउन्टभ्यूकाे सभाहलमा कार्यक्रम गर्दै,नेकपा एमाले का उपसचिव रहनुभएका धन बहादुर बाेहराकाे नेतृत्वमा आज जिल्ला कमिटी बाट १५ जना अन्य गरी ६९ जना प्रवेश भएका हुन । पत्रकार सम्मेलन गर्दै एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्नेको निकै लर्काे लागेको छ । 

आजको पत्रकार सम्मेलनमा 

१)-जिल्ला कमिटी उप-सचिव -धन बहादुर बोहरा 

२)-जिल्ला कमिटी सचिवालय सदस्य -कलक बहादुर दामी

३)-जिल्ला कमिटी सदस्य- गोपाल ब. खड्का कल्क बि.क. साेनु सिंह राम प्र.जोशी नरदेव बडु दीर्घ ब.बाेहर राधिका सुवर्णका नर ब. बोहरा  पार्भति जोशी प्यारी माेहत श्या सुनार तारा बोहरा गणेश बहादुर थापा लगायत प्रवेश भएको हुन । 

एमाले परित्याग गर्दै उपसचिव रहनु भएका धन बहादुर बोहराले भने एमालेमा केपी अाेली प्रवृत्ति ठिक नभएको र अझै अहङ्कार दम्भ देखाउने प्रवृत्तिले निकै घात गरेको बताउँदै पार्टी छाडेको उहाँको भनाइ छ । सँगै कलक धामीले भने, हामीलाई बा प्रवृत्ति चाहिँदैन,केपी अाेली भनेको दम्भ र अहङ्कारवादी भएको हुँदा उहाँले जेठ दुई उता भाषणमा मात्र सीमित राखेको बताउँदै सबैलाई एकीकृत पार्टीमा आउन अनुरोध गर्दै ,भानुभक्त जोशी लगायतको टोली पनि अब बिस्तारै प्रवेश गर्ने उहाँले पत्रकार सम्मेलनमा बताए । कार्यक्रममा हरिप्रसाद जोशी लक्ष्मी जोशी सहित पुष्पलाल ज्वाला गुरु लगायत १५० जनाको उपस्थिति रहेको तियो ।