बालमैत्री शौचालय निर्माणका लागि तुलसीपुरमा महायज्ञ



सैघाली खबर
दाङ,११ फागुन

बाल मैत्री तथा अपाङ्ग मैत्री शौचालय निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालनमा आएको छ । तुलसीपुर ५ बिशालनगरमा रहेको जनश्रमिक प्राथामिक बिद्यलयमा सार्बजनीक शौचालय निर्माणका लागि दुःख निबारण महायज्ञ सञ्चालन आएको हो । महायज्ञको बिहिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

अहिले नेपालका कुनै पनि बिद्यालयमा बालमैत्री शौचालय निर्माण नभएको भन्दै दाङमा पहिलो बालमैत्री शौचालय निर्माण गर्न लागेको नमुना शौचालय निर्माणकी संयोजक भावना न्यौपानेले वताईन् । ‘अहिले कुनै पनि सामुदायीक बिद्यालयमा शौचालय निर्माण भएका छैनन्’ उनले भनिन्‘ जसले गर्दा सामुदायीक बिद्यालयमा बिद्यार्थीको आर्कषण घट्दो छ ।’

फागुण १० गते देखी १७ गते सम्म बालमैत्री र अपाङ्ग मैत्री शौचालयन निर्माण गर्न महायज्ञ सञ्चालन हुने छ । महायज्ञमा मुख्य कथा बाचकका रुपमा महाराज गोबिन्द शरण रहेका छन्, भने साहयक कथा बाचकमा मधुबाणकी धनी मिरा देवी रहेकी छिन् । महायज्ञ बिहिबार देखि शुरु भएपनि बिद्यालयमा शौचालय निर्माण कार्य भने केही दिन अघि देखि नै शुरु भईसकेको थियो ।

बालमैत्री र अपाङ्गमैत्री शौचालय निर्माण भएपछि बिद्यार्थीहरु पनि बिद्यालय आउन रुचाउने संयोजक न्यौपानेले वताईन् । महायज्ञको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका थिए । दुःख निबारण महायज्ञका प्रमुख तथा मुख्य कथा बाचक महाराज गोबिन्द शरणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले बालमैत्री शौचालय निर्माणका लागि महोत्सबको अयोजना गर्नु सकारात्मक कार्य भएको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्