गोर्खा मोडेल कलेजमा स्वागत तथा बिदाई कार्यक्रम



तेज वली, तुलसीपुर ११ फागुन ।

तुलसीपुर ६ बरुवागाउँमा रहेको गोर्खा मोडेल कलेजमा स्वागत तथा बिदाई कार्यक्रम भएको छ । बिबिएस प्रथम बर्षका बिद्यार्थीहरुलाई स्वागत गरिएको छ, भने चौथो बर्ष सकेर जान लागेका बिद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि विदाई तथा स्वागत गरिएको हो ।

विद्यार्थी गीता चौधरीको अध्यक्षता तथा प्रिन्सीपल बिजय जिएमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा बक्ताहरुले बिद्यार्थी जीवनमा बिभिन्न दुःख कष्ट आउने भएकाले संघर्ष गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । संघर्ष गर्ने बिद्यार्थी भबिष्यमा सफल हुने उनीहरुको तर्क थियो । बिद्यार्थीहरुले किताबी ज्ञानमा मात्रै नभएर व्यबहारिक ज्ञानमा पनि जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिएमले बिद्यार्थीहरुले आफुले प्राप्त गर्ने अंक भन्दा पनि क्षमता बृद्धि गर्न तर्फ लाग्नु पर्ने बताए । त्यसका लागि बिद्यार्थीहरुले व्यबहारिक ज्ञान पनि सिक्नु पर्ने बताएका थिए । बिद्यार्थीहरुले आफु भबिष्यमा कस्तो मान्छे बन्ने भन्ने लक्ष्य बनाएर अगाडि बढे अबश्य पनि लक्ष्यमा पुग्न सकिने उनले बताए ।

कार्यक्रममा एसिस्टेन्ट क्याम्पस चिप डम्बर डाँगीले बिद्यार्थीहरुलाई बिदाई नभएर उनको भोलीको भबिष्यका नयाँ बाटो खुल्ला भएको बताए । उनीहरुको शैक्षिक स्तर एक कदम बृद्धि भएको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा एकाडेमीक कोर्डिनेटर बेद प्रकाश भट्टराईले क्याम्पसमा प्रथम बर्षमा आएका बिद्यार्थीहरुलाई लगनसिल, ईमान्दार, ब्यबहारीक भएर अध्ययन गरेमा भबिष्य उज्वल हुने बताए । कार्यक्रममा गोर्खा स्कुलका निमित्त कार्यकारी अधिकृत दुर्गा केसी, साईन्स कोर्डिनेटर बिष्णु प्रशाद भण्डारीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिद्यार्थी खड्क पुनले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण तेज वलीले गरेका थिए ।

कार्यक्रममा स्वागत गीत पनि प्रस्तुत गरिएको थियो, भने बिद्यार्थीहरुले अन्य प्रस्तुती पनि राखेका थिए । बिदाई हुने बिद्यार्थीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो, भने प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको थियो ।

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्