मोटरसाईकल चोर प्रहरीको नियन्त्रणमा



सैघाली खबर,

तुलसीपुर,११ फागुन ।

मोटरसाईकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालीका वडा नम्बर ४ बस्ने बर्ष १७ का शुरेस परियार, सुनिल परियार र सागर परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । फागुन ८ गते राती मानपुर निवासि अम्मर बहादुर खड्काको घरको बराण्डमा पार्किङ गरि राखेको रा २ प २००६ नम्बरको मोटरसाईकल हराएको भनि प्रहरीमा उजुरी आँएको थियो ।

उजुरीको आधारमा कार्यालयबाट खटी गएको प्रहरी टोलीले तुलसीपुर उप महानगर पालीका वडा नम्बर १९ बासगढी भन्ने स्थानबाट बिजौरी आउदै गर्दा उक्त मोटरसाईकल सहति तिन जनालाई पक्राउ गरेको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । उनिहरु तिनै जनालाई मुद्दा दर्ता गरिएको सापकोटाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्