सेती नदिमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो




बझाङ । बझाङको सेती नदी किनारमा बुधवार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको श’व पहिचान भएको छ । बेवारिसे अवस्थामा भेटिएको शव जिल्लाको तलकोट गाउँपालिका–३ बस्टिकी २६ वर्षीय धनलक्ष्मी भण्डारी रोकायाको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

धनलक्ष्मी असोज ८ गते रातीबाट सम्पर्क विहीन भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्लाका सञ्चार माध्यममा सूचना समेत जारी गरेको आफन्तले बताएका छन् । भण्डारी आज दिउसो २ बजे बझाङको जय पृथ्वी नगरपालिका– १० पानकोट स्थित पुलको मुनी सेती नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।

धनलक्ष्मी असोज ८ गते राती घरबाट एक्कासि बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतक महिलाका श्रीमान् भारत बस्दै आएका र २ छोरा घरमै रहेको प्रहरीले बताएको छ । श’व पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत पठाएको र घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्